२०७९ साउन २६ गते बिहिवार

घोराहीमा मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना घाईते



१६ साउन, घोराही –
दाङको घोेराहीमा मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना घाईते भएका छन् । घाईते मध्य एक जनाको अवस्था गम्भीर छ । तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा ६ प ६०४ नंम्वरको मोटरसाईकल र विपरित दिशाबाट जादै गरेको लु ११ प ९२५५ नंम्वरको मोटरसाईकल घोराहीको डिके पेट्रोल पम्प नजिकै एक आपसमा ठोक्किएका थिए ।

घाईते हुनेमा लु ११ प ९२५५नंम्वरका मोटरसाईकल चालक तुलसीपुर १५ का २३ वर्षीय बल बहादुर हरिजन, सोही मोटरसाईकलमा सवार लमहीकी १८ वर्षीया शान्ता बिक र अर्का मोटर साईकल चालक घोराही १४ का २० वर्षीय रबिकिरण बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाईते मध्य हरिजनको हात र खुट्टामा चोट लागेको र अवस्था मध्ययम छ भने बिकको टाउँको, घाँटी र दुबै खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । त्यसैगरी रबिकिरणलाई सामान्य चोट लागेको छ । घाईतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।।

 

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्