२०७९ साउन २६ गते बिहिवार

कमल गाउलेको २२ औं गाईजात्रा ‘जन्ता हान्न चाहान्छन्’ सार्वजनिक



११ साउन, घोराही –
यस वर्ष गाईजात्रा नजिकिदै जादा गाईजात्रा सम्बन्धि हास्यव्यङ्ग्यात्मक भिडियोहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा नजिकिँदै गरेको गाईजात्रा पर्वलाई लक्षित गर्दै हाँस्य कलाकार कमल गाउँलेले ‘जन्ता हान्न चाहान्छन् गाईजात्रा २०७९’ सार्वजनिक गर्नुभएको छ ।

विगत २२ वर्ष देखि निरन्तर गाईजात्रा बनाउदै आउनुभएका गाउँलेले देशमा घटेका राजनैतिक, सामाजिकसँगै मनोरन्जनको क्षेत्रका घटनाहरुलाई गाईजात्रे प्रस्तुतिमा प्राथमिकता दिनुभएको छ ।

राजनेताहरूलाई गाली गरी सुध्रिने मौका दिएको र अबको जिम्मेवारी युवाहरूलाई दिन सुझाव स्वरूप यस गाईजा ल्याएको यस गाईजात्राका लेखक,निर्देश एवं प्रस्तोतो गाउँलेले बताउनुभयो ।

गाईजात्र जनता जान्न चाहान्छन कमल गाउँले नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । जिएम फिलिम्सको प्रस्तुति रहेको भिडियो करिव २८ मिनेटको रहेको छ ।
भिडियो हेर्नुहोस..

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्