२०७९ साउन २६ गते बिहिवार

लुम्बिनीमा मन्त्रालयको भन्दा सरकारी अस्पतालको बेरुजु धेरै



९ साउन,घोराही –  लुम्बिनी प्रदेशमा मन्त्रालयको भन्दा सरकारी अस्पतालको बेरुजु धेरै पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रदेशका विभिन्न मन्त्रालय, प्राधिकरण, आयोग, प्रतिष्ठान तथा मातहतका कार्यालय, समिति र संस्था गरी १ सय ८८ कार्यालयको लेखा परीक्षणमा मन्त्रालयभन्दा अस्पतालको बेरुजु धेरै देखिएको हो ।

प्रदेशमा सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका ५० कार्यालयको बेरुजु ३६ करोड ४० लाख देखिएको छ । लुम्बिनीको सूचना तथा सञ्चार प्रतिष्ठानको ८५ लाख, भीम अस्पताल भैरहवाको ४१ लाख र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको १५ लाख बेरुजु छ ।

त्यस्तै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मात्र ८ करोड ६६ लाख रुपैयाँ बेरुजु छ । प्रादेशिक अस्पताल बेरुजुमा दोस्रो स्थानमा देखिए पनि कार्यालयगत हिसाबले हेर्दा सबैभन्दा धेरै हुनेमा छ ।

प्रादेशिक अस्पतालको बेरुजु प्रदेशका सबै मन्त्रालय र प्रदेश सभा सचिवालयको भन्दा धेरै हो ।लुम्बिनी प्रदेशअन्तर्गतका मन्त्रालय, प्राधिकरण, आयोग र तिनीहरू मातहतका कार्यालय १ सय ७३ र समिति तथा संस्थाहरू १५ वटा गरी जम्मा १ सय ८८ कार्यालयको लेखा परीक्षणमा ६४ करोड २१ लाख रुपैयाँ बेरुजु छ ।।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्