२०७९ साउन २६ गते बिहिवार

पुर्णकला विसी र दर्शना तिरुवाको तीज गीत ‘भुरुरु फुरुरु’



९ साउन,घोराही  – साउन लागेसंगै तीजका गीतहरु बजारमा आउने क्रम बढेको छ । दर्शना तिरुवा अफिसियल यूटुव च्यानल मार्फत यतिबेला चर्चित गायिका पुर्णकला विसी र दर्शना तिरुवाको तीज गीत ‘भुरुरु फुरुरु’ तीज बजारमा सार्बजनिक भएको छ ।
चर्चित गायक तथा सर्जक कुलदिप न्यौपानेको लय र नविन परियारको शब्द संकलन रहेको छ । जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफ रहेको गितमा चर्चित मोडल नारायणी खत्री, अस्मिता रणपाल र मनिस परियार लगायतको जीवन्त अभिनय रहेको छ ।
बजारमा आएको छोटो समयमै युटुब.तथा टिक टकमा धेरैको मन जितेको तिज गीत बिरहको तिजले समाजको वास्तविक यथार्थलाई चित्रण गरेको कुरा गीतका गायीका तिरुवाले बताउनुहुन्छ ।

चेली र माईती बिचको माया र सद्भावलाई सुमधुर लयमा शब्द मार्फत उतारिएको गायिका तिरुवाको यथार्थपरक तिज गीतले स्रोता र दर्शकको मन जित्ने विस्वास गरिएको छ ।

भिडियो लिंक

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्