२०७९ साउन २६ गते बिहिवार

गाेपीनाला पुलमा परेकाे खाडलले निम्त्याएकाे मेराे याे अवस्था !!



७ साउन, दाङ –  मान्छे मर्ने गरी कुनै ठुलाे दुर्घटना नहुँदा सम्म यता त हाकिमकाे कुर्सी हल्लिने गरी पत्रकारले समाचार नलेख्दा सम्म सडक वा पुल पुलेसा तथा खाल्डाखुल्डी समयमै मर्मत नगर्ने सडक विभाग तथा ठेकेदारहरूकाे प्रबृतिप्रति कडा शब्दमा निन्दा र खेद प्रकट गर्दछु । घटना हाे ! मिति २०७९ साउन ३ गते मंगलबार दिउँसाे करिब १२ बजेकाे घटना हाे याे । सन्तोषकुमार गुप्ता  (म ) संधै झै बिहान ६:३० लालमटियामा रहेकाे रेडियाे राप्ती राप्ती टेलिभिजनकाे डियुतिमा जाने र दिउँसाे ११:३० बजे घर फर्किने गर्दछु । त्याे बाटाे दिनमा चार पटक ओहरदाेहर गर्ने गर्दछु । म असार २९ गते अफिसकाे कामले काठमाडौ गएर साउन २ गते साेमबार घर फर्किएकाे थिएँ । साउन ३ गते मंगलबार बिहान सदा झैँ बिहान ६:३० बजे लालमटिया अफिस गए र खाना खान स्कुटीमा बिस्तारै फर्किदै थिए, गाेपीनाला पुलकाे जाेड्नमा ठुलाे खाडल परेकाे थाहा भएन । एकाएक खाडल देखेपछि खाडल तर्काउन खाेजे तर सकेन । जसाेतसाे अगाडिको पाग्रा त बचाए र पछाडिकाे पाङ्गा खाडलमा पर्याे र स्कुटी अन्त्रित भएर म बीच सडकमा नमज्जाले पछारिन पुगे । त्यसपछि म केही समय बेहाेस भएछु । स्कुटी दुर्घटना भएकाे देखेर सडक छेउछाउका केही मान्छेहरू आएर मलाई उद्धार गरेर सडक छेउमा पुर्याएछन् । त्यति बेला सम्म म बेहाेस रहेछु ।

त्यति नै बेला मेराे बाल्यकालका अति मिलनसार मित्र शिशिर चाैधरी आई पुग्नु भयाे । जाे हाल सर्वहित बचत तथा ऋण सहकारी संस्था माैरीघाटकाे व्यवस्थापक हुनुहुन्छ । शिशिर जीले मलाई तुरुन्तै उद्धार गरेर मेराे घरपरिवारलाई खबर गर्ने देखि लिएर अटाेमा राखेर सिसहनियाँ स्थित बिष्ट पाेलिक्लिनकमा पुर्याेउनु भयाे । त्यहाँ स्वास्थ्यकर्मीकाे टिमले मेराे घाउकाे मलहमपत्ती गर्नुका साथै स्वास्थ्य परिक्षण गर्नु भयाे । स्वास्थ्य परिक्षणका क्रममा मेराे दाहिने हातकाे कुभ नेर हड्डी चर्किएकाे र त्यसकाे लागि बाहिर अर्थात बुटवल जानका लागि रिफर गर्नु भयाे । त्यति बेला सम्म मेराे जिवन संगिनी त्यहाँ आई पुगेकी थिइन् । त्यसपछि हामी तत्काल घरमा आई आर्थिककाे चाजाेपाजाे गरेर दिउँसाे करिब २ बजे बुटवल प्रस्थान गर्याे । लगातारकाे यात्रा पछि करिब ६ बजे डाक्टरकाे सिफारिस अनुसार बुटवलकाे जितगढी स्थित एडमण्ड सिटी हस्पिटल पुगियाे ।

त्यहाँ हस्पिटलले मेराे याे अवस्था देखेर तत्काल इमर्जेन्सीमा भर्ना लियाे र पुन स्वास्थ्य परिक्षण शुरू गर्याे । परिक्षणका क्रममा मेराे दाहिने हातकाे कुभ नेरकाे जाेड्नका दुई ठाउँमा हड्डी चर्किएकाे र हल्का ठाउँ छाेडेकाे जानकारी गराउनु भयाे । साथै उक्त हड्डी जाेड्नका लागि अप्रेसन गर्नुपर्ने सुझाब दिनु भयाे । त्याे संगसंगै मेराे रगत परिक्षण, सलानी चढाउने काम पनि भयाे । अप्रेसन नै गर्नुपर्ने अवस्था आएकाेमा हामी दुबै चिन्तित भयाैँ । त्यसकाे बेर मै मेराे जेठान बुटवल निवासी रबि गाैचन आई पुग्नु भयाे । उहाँले घटनाकाे बारेमा सबै जानकारी लिँदै अप्रेसन गर्नुपर्ने नै भए लुम्बिनी प्रादेशिक हस्पिटलमा गर्न सुझाब दिनु भयाे । त्यहाँ अप्रेसन गर्दा कम्तीमा एक लाख खर्च लाग्छ भनेपछि हामी संग तत्काल उक्त रकम जम्मा गर्ने अवस्था पनि थिएन ।

हामी बाध्य भएर लुम्बिनी प्रादेशिक हस्पिटल जाने निष्कर्षमा पुगेका थियाैँ र साेही अनुसार साउन ४ गते बुधबार बिहान साे प्राइभेट हस्पिटलबाट लुम्बिनी प्रादेशिक हस्पिटलमै जाने भनेर डिश्चार्जका लागि अनुराेध पनि गर्याैँ । साउन ४ गते बुधबार बिहान प्रेस चाैतारी नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदिप आचार्य संग सम्पर्क भयाे । उहाँ तत्काल हामी भर्ना भएकै हस्पिटलमा आउनु भयाे । र उहाँले मेराे स्वास्थ्य अवस्था र घटनाकाे बारेमा जानकारी लिएपछि मेराे स्वास्थ्य रिपाेर्टकाे बारेमा बुटवलका अन्य बरिष्ठ हाडजाेर्नी डाक्टरहरू संग सल्लाह गर्नु भयाे र रिपाेर्ट लिएर विभिन्न डाक्टरहरूलाई भेट्नु भयाे । डाक्टरकाे सल्लाह अनुसार नै प्रदिप सर ले हामीलाई त्याे हस्पिटलबाट डिश्चार्ज लिएर आफ्नाे कारमा राखेर बुटवल बजारकाे लुम्बिनी प्रादेशिक हस्पिटलमा पुर्याेउनु भयाे । त्यस अघि जितगढीकाे त्याे प्राईभेट हस्पिटलले हामीलाई डिश्चार्ज दिन मानेकाे थिएन । त्याे हस्पिटलले हामीलाई कुनै बाहानामा पनि त्यही नै उपचार गराउन दबाब र डर देखाई रहेकाे थियाे । डिश्चार्ज मागेकाे झण्डै दुई घण्टा पछि बल्लतल्ल धेरै दबाब र प्रेसर पछि डिश्चार्ज दिएकाे थियाे ।

हामी प्रादेशिक हस्पिटल बुटवल पुग्दा त्यति बेला त्यहाँ झमझम पानी परिरहेकाे थियाे । त्याे बर्खाकाे समेत कुनै पर्वाह नगरी प्रदिप सर, उहाँकाे जिवन संगिनी र मेराे जिवन संगिनी मिलेर त्यहाँ हस्पिटलकाे नियम अनुसार टाेकन काट्ने र डाकटरलाई चेक गराउने काम भयाे । लुम्बिनी प्रादेशिक हस्पिटलकाे ११ नम्बर ब्लकमा हाडजाेर्नी सम्बन्धी डाक्टरहरू हुनुहुँदाे रहेछ । त्यहाँ सबै रिपाेर्टहरू देखाउँदा हाडजोर्नी सम्बन्धि दुई जना बिशेषज्ञ डाक्टरहरूले अप्रेसन गर्नु नपर्ने र प्लास्टर गरेर ठिक हुने सुझाब दिनु भयाे । याे समान्य केस भएकाे र समान्य केसमा पनि अप्रेसन गर्दा पछि झन जटिल समस्या हुने भएकाे हुँदा प्लास्टर गरेर उपचार गर्न सुझाब दिनु भयाे । साेही अनुसार हामीले साेही दिन नै मेराे घाउकाे प्लास्टर गरेर बुधबार राती नै घर फर्कियाैँ । अहिले म घरमा पूर्ण रूपले आराम गरिरहेकाे छु ।

डाक्टरकाे भनाई अनुसार म पूर्ण रूपले ठिक हुन डेढ देखि दुई महिना लाग्ने बताउनु भएकाे छ । त्याे समय सम्म कुनै काम नगरी घरमा आराम गरेर बस्न सुझाब दिनु भएकाे छ । अब तपाई आफैँ भन्नुस् यति लामाे समय सम्म म कसरी दिन बिताउने ? सडक बिभाग र ठेकेदारकाे चरम लापरबाहीबाट मलाई भएकाे क्षतिकाे क्षतिपूर्ति कसले दिने ? डेढ महिना सम्म म काम नै नगरी बस्दा मेराे भराेसामा चलेकाे परिवारलाई कसले पाल्ने ? याे घटनाकाे जिम्मेवार काे ? अब मैले कहाँ गएर न्याय पाउने ? यी सबै प्रश्नकाे जवाफ छ, याे सरकार, सडक विभाग अनि ठेकेदार संग ? अन्त्यमा याे दुखद घटनामा घाइते हुँदै गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयाेग तथा मेराे स्वास्थ्यलाभकाे कामना गर्नु हुने सबैमा हृदय देखि नै अभार तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छु । मलाई फाेन गरेर वा कमेन्ट मार्फत चिन्ता व्यक्त गर्नुका साथै स्वास्थ्यलाभकाे कामना गर्नुहुने सबैमा पुन एक पटक हृदय देखि धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

भोगाइ:                                                                                                      लेखक : विरेन्द्र गिरी
नामः सन्तोषकुमार गुप्ता
ठेगानाः राप्ती गाउँपालिका ५ लाठवा देउखुरी दाङ

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्