२०७९ साउन २६ गते बिहिवार

घोराहीमा भएको प्रदेश स्तरिय खेलमा वुटबल ब्याडमिन्टन क्लव बिजयी



१९ असार, घोराही – लुम्बिनी प्रदेश स्तरीय व्याडमिन्ट प्रतियोगिता (डबल पुरुष) घोराहीमा सम्पन्न भएको छ । घोराही व्याडमिन्टन क्लवको आयोजनामा शनिबार र आईतबार घोराही १४ स्थित कवर्ड हलमा सञ्चालन गरिएको हो । प्रतियोगितामा बुटवल व्याडमिन्टन क्लवका विश्वास नेपाल र गणेश रायमाझि प्रथम हुनुभएको छ । त्यसैगरी, उप विजेता पनि बुटबल कै ताम नगर व्याडमिन्टन क्लब भएको छ । जस्का खेलाडी विनोद पौडेल र सरल थापा दोस्रो हुनुभएको छ ।

प्रथम र दोस्रो हुनेलाई क्रमश नगद ५० हजार रुपैयाँ, ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । खेलको सेमिफाइलनमा पुगेका घोराही व्याडमिन्टन क्लवका हिमान्सु कुँवर, सुरज गुप्ता र नेपालगञ्जका खेलाडी इरफान अन्सारी र रियाज अन्सारीलाई पन्ध्र पन्ध्र हजार रुपैयाँ पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको हो । क्लवका अध्यक्ष रामधन श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बिजेता र खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रतियोगितामा ३९ वटा समूहका ७८ जना खेलाडी सहभागि भएका थिए । कार्यक्रममा नगर प्रमुख चौधरीले सबै खेल क्षेत्रको विकासमा नगर प्रतिबद्ध रहेको बताउनुभयो । खेल क्षेत्रले व्यक्तिको स्वास्थ्यमा तन्दुरुस्ती, भाइचाराको विकासमा समेत मद्धत पुराउने बताउनुभयो । कार्यक्रमको सहजिकरण क्लबका सचिब केशबराज बुढामगरले गर्नुभएको थियो । यसैविच घोराही कभर्ड हलको नगर प्रमुख चौधरीले उद्घाटन गर्नुभएको छ । घोराही उपमहानगरपालिका र खेलाडीहरुको संयुक्त लगानीमा निर्माण गरिएको उक्त कभर्ड हलको आईतबार नगर प्रमुखले उद्घाटन गर्नुभएको हो ।

 

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्