२०७९ माघ २० गते शुक्रवार

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’



लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् ।

अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो ।

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई बुटवल पठाइयो •  Nepal's Trusted Digital Newspaper

https://www.vianet.com.np/

‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसके’, बुधबार विमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए ।

तर विमलाले आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी छिन् ।

यो समाचार आजको नागरिकदैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्