२०७९ जेष्ठ ८ गते आइतवार

आज र भोलि मतदाता परिचयपत्र वितरण



२८ बैशाख ,घोराही – 
निर्वाचन आयोगले आज र भोलि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई भोट हाल्ने तरिका सिकाउने भएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालयलाई पत्राचार गरेको छ । आज र भोलि सबै मतदातालाई मतदान गर्ने तरिका सिकाउने र मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि पर्सि बिहान ७ देखि बेलुका ५ बजेभित्र मतदान गर्न आउन आग्रह गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७९ बैशाख २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्