२०७९ जेष्ठ ८ गते आइतवार

चुनावी तालमेलले बदर मत संख्या बढाउने



२७ वैशाख,घोराही – आम निर्वाचन परिवेक्षण समितिले दलहरूबीच चुनावी तालमेल भएका कारण बदर मतको संख्या बढ्ने निष्कर्ष निकालेको छ । आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको समितिको प्रतिवेदनमा तालमेलबारे मतदाता जानकार नहुँदा उमेदवार नभएको ठाउँमा मतदान हुन सक्ने उल्लेख छ ।

यस्तै, मतपत्रमा कसरी चिह्न लगाउनुपर्छ भन्ने जानकारी मतदातालाई नहुँदा मतपत्र बदर हुन सक्ने सम्भावना पनि औँल्याइएको छ । राजनीतिक दलहरूले पनि मतपत्र बदर नहुने गरी मतदान गर्न सिकाउनुपर्ने भए पनि त्यसतर्फ ध्यान नपुगेको समितिको ठहर छ ।

मतदाता शिक्षा पर्याप्त नदिइँदा योपटक बदर मतको संख्या बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्