२०७९ जेष्ठ ८ गते आइतवार

सवारी दुर्घटनाबाट घाईते दुई जनाको मृत्यु



२७ बैशाख, दाङ – देउखुरीको गढवामा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किर गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

(हिजो) सोमबार दिउँसो साढे १ बजे लमहीदेखि गढवा जादै गरेको बागमती प्रदेश ०१-०२७ च ००७७ नम्बरको स्कार्पियो र गढवाबाट लमही तर्फ आउँदै गरेको रा ६ प ७३७९ को मोटरसाइकल गढवा गाउँपालिका वडा नम्बर ५ सिक्रामा एक आपसमा ठोकिँएको थियो ।

त्यस्तै दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा गढवा गाउँपालिका वडा नम्बर ६ आतिपाकर बस्ने अन्दाजी २० वर्षिय अरुण चौधरी र सोही ठाउँ निवासी अन्दाजी २३ वर्षका सुरज चौधरी रहेका थिए ।

यसैगरी घाइते दुबैजनालाई लमही अस्पतालमा सामान्य उपचार पछि नेपालगन्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो । गम्भीर घाइतेहरुलाई मेडिकलमा पुराएर आपतकालीन कक्षमा उपचार शुरु भएको दश मिनेट पछि उनिहरुको मृत्यु भएको हो ।

गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रन्जु केसीले जानकारी दिनुभयो । उनिहरु दुबैजना मोटरसाईकलमा सवार थिए ।।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्