२६ वैशाख, घोराही –
दाङको गढवामा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् । सोमबार दिउँसो साढे १ बजे लमहीदेखि गढवा जादै गरेको बागमती प्रदेश ०१–०२७ च ००७७ नम्बरको स्कार्पियो र गढवाबाट लमही तर्फ आउँदै गरेको रा ६ प ७३७९ को मोटरसाइकल एक आपसमा ठोकिँएका हुुन ।
दुर्घटनामापरि गढवा गाउँपालिका वडा नम्बर ६ हातिपाकर बस्ने अन्दाजी २० वर्षिय अरुण चौधरी र सोही ठाउँ निवासी अन्दाजी २३ वर्षका सुरज चौधरी रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रन्जु केसीले जानकारी दिनुभयो ।
उनीहरु दुबैजना मोटरसाईकलमा सवार थिए । घाइतेहरुलाई लमही अस्पतालमा सामान्य उपचार पछि नेपालगन्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ भने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।