२०७९ जेष्ठ ८ गते आइतवार

मतदानसँगै कोरोनाविरुद्ध खोप पनि



२२ वैशाख, घोराही – सरकारले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन मतदानस्थलमै कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गरी कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिएको हो ।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. संगीता कौशल मिश्राले कोरोनाविरुद्धको खोप लगाउने बताउनुभयो ।

वैशाख ३० गते मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गर्ने र मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिकालाई पहिलो, दोस्रो र बुस्टर डोज लगाउने जानकारी दिनुभएको छ । खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई खोप कार्ड लिएर जानसमेत उहाँले आग्रह गर्नुभएको छ ।।

 

प्रकाशित मिति : २०७९ बैशाख २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्