२०७९ जेष्ठ ८ गते आइतवार

दाङ जिल्ला फुटबल संघको अध्यक्षमा धिताल




१० बैशाख,घोराही – दाङ जिल्ला फुटबल संघको अध्यक्षमा संजात धिताल निर्वाचित हुनुभएको छ । संघको आज बेलझुण्डिमा सम्पन्न जिल्ला अधिवेशन, निर्वाचन तथा साधारण सभाले आगामी चार वर्ष कार्यकालका लागि धिताल अध्यक्ष रहेको संघको १५ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा बुद्धिराम पुन, उपाध्यक्षद्वयमा पवन कुमार योगी र अशोक रोकामगर, महासचिव लक्ष्मण बस्नेत, कोषाध्यक्षमा वसन्त पुरी निर्वाचित हुनुभएको छ । त्यस्तै संघको सदस्यहरूमा महिला सदस्य प्रकृति पुन, सदस्य सन्तोष गुरुङ, बिजय डाँगी, भीमबहादुर चौधरी, अम्मर मगर,केशव चौधरी, टोप बिक्रम राणा, शरद गौतम र गोपाल कँवर निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेमबहादुर वलीले जानकारी दिनुभयो ।

अधिवेशन दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य एवं अधिवेशन प्रतिनिधि प्रदेशसिंह राठोरको प्रमुख आतिथ्यमा भएको थियो ।
यसैबिच अधिवेशन लगत्तै बसेको संघको पहिलो बैठकले अखिल नेपाल फुटबल संघ एन्फाको बिधान अनुसार संघको महासचिव पदमा लक्ष्मण बस्नेत र कोषाध्यक्षमा बसन्त पुरीलाई मनोनित गरेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्