२०७९ जेष्ठ ८ गते आइतवार

दाङमा थारु भाषाको चलचित्र डाईबाबा निमार्ण हुदै



८ बैशाख,घोराही – दाङमा थारु भाषाको चलचित्र डाईबाबा निमार्ण हुदै छ । नयाँ बर्षको अवसरमा दाङको प्रसिद्ध पाण्डवेश्वर धारापानी मन्दिरमा डाईबाबाको शुभ मुहर्त गरिएको हो । उक्त चलचित्रको छयांकन यही बैशाख १५ गतेबाट सुरु गरिने निमार्ण पक्षले जानकारी दिएको छ ।

पछिल्लो समय दाङमा थारु भाषाको फिल्म नबनेको र दाङमा धेरै थारु बस्ती भएका कारण अवका दिनमा थारु भाषिक फिल्म निर्माण गरिने द्धन्द रोजन रोकाले जानकारी दिनुभएको छ । चलचित्रमा हरिसिंङ विश्वकर्माको लगानी रहने जनाईएको छ ।

यस्तै, सागर चौधरीको लेखन निर्देशन हुने चलचित्रमा सागर चौधरी, बन्दना चौधरी, नन्दलाल चौधरी, अनिता चौधरी, पविता चौधरी, राजु थारु, शंकर चौधरी, डिल्लीराम चौधरीलगाएतका कलाकारको अभिनए रहने छ ।

स्वर संगित रोशन रत्गैयाको रहेको छ भने फील्मलाई शिसिर चौधरीले छयांकन गर्ने जनाईएको छ । दाङको थारु बस्तिहरुमा र पर्यटकिय स्थानमा छयांकन हुने प्रोड्क्सन म्यानेजर रोशन रोकाले जानकारी दिनुभयो ।

५ देखी ७ लाख रुपैयाँ सम्म लगानीमा बन्न लागेको चलचित्र दाङका धार्मिक एवं पर्यटकिय स्थलहरुमा छयांकन गरिने भएकाले चलचित्रले पर्यटन प्रर्वद्धमा विशेष सहयोग मिल्ने निमार्ण टिमले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्