२०७९ जेष्ठ ८ गते आइतवार

आजको मौसम: देशका पहाडी भू-भागमा सामान्य बदली हुने



१७ चैत, दाङ – हाल पहाडी भू-भागमा सामान्य बदली रही अन्य भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल भारतको विहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ । आज दिउँसो प्रदेश १, मधेश, बागमतीका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश १, मधेश, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । आज राति प्रदेश १ का साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्