२०७९ जेष्ठ ८ गते आइतवार

मेगा बैंकको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न




११ चैत, घोराही-
मेगा बैंक नेपाल लिमिटेड घोराही शाखाले आज घोराही उपमहानगरपालिका वडा नम्बर १७ चौघेरामा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ नागरिक प्रतीक्षालय एवं राधाकृष्ण मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष पदम प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रम बैंकका कर्मचारी सन्तोष ओलिले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

नेपाल रास्ट्र बैंकले यस सातालाई ग्लोबल मनि साता घोषणा गरे संगै बैंक तथा बित्तिय संस्थाले साक्षरता कार्यक्रम गर्दै आइरहेका छन । उक्त कार्यक्रममा मेगा बैंकका शाखा प्रबन्धक बिबेक आचार्यले बैंक तथा बित्तिय संस्थाले दिने सेवा, बैन्किङ सुरक्षा , विभिन्न प्रलोभन देखाएर हुने कारोबार बाट सझक आफू पनि हुनु पर्ने अनि अरुलाई पनि गराउनेपर्ने जस्ता विषयमा प्रष्ट पर्नु भएको थियो ।

बैंकका कर्मचारी मनिश सेढाईले सहजिकरण गर्नु भएको कार्यक्रममा जनप्रीय टोलका अध्यक्ष ध्रुब गोराथोकी, मयुर टोलका अध्यक्ष स्थानेश्वोर सुवेदी,जनप्रीय टोलका सचिब नारायण प्रसाद पोख्रेल र कोषाध्यक्ष ओम कान्त रेग्मी,समाजसेवी खेमराज पोख्रेल (उपेन्द्र )लागयतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्