१० चैत, काठमाडौँ । युक्रेनी सेनाले दक्षिणी बन्दरगाह सहर बर्दियान्स्क नजिकै एउटा ठूलो रुसी जहाज ध्वस्त बनाइदिएको जनाएको छ ।
युक्रेनी सेनाले फेसबुकमा एक पोष्ट गर्दै एक ठूलो जहाज आज बिहान आजोभ सागरमा ध्वस्त भएको उल्लेख गरेको हो ।
युक्रेनी सेनाले भनेको छ- ‘रूसले कब्जा गरेको बर्दियान्स्कको बन्दरगाहमा कब्जाकर्ताहरूको ब्ल्याक सी फ्लीटको ओर्स्क ठूलो अवतरण जहाज नष्ट भएको छ ।’
त्यसैगरी युक्रेनी मिडियाले एउटा रूसी जहाज डुबेको र दुई अन्यमा आगो लागेको र एउटा गोलाबारुद डिपो र इन्धन गोदाममा क्षति पुगेको उल्लेख गरेको छ ।
रुसले साताअघि बर्दयान्स्क कब्जा गरेको थियो र इन्धन भर्नका लागि बन्दरगाह प्रयोग गर्दै आएको थियो ।