२०७९ मङ्सिर १७ गते शनिवार

ए सरकार महिला हिंसा कतिन्जेल सम्म भोग्नु पर्छ !




महिला भएकै कारणले आज यो विभेद र यो अबस्थामा पुग्ने मेरो तमाम नारी आमाहरू अकल्पनीय ज्यान गुमाउन पुगेकी छन यो कसैलाई नौलो कुराको अनुभुती पनि हुन सकेको छैन। महिला भएकै आधारबाट मानबाधिकारको उपभोग गरिने विभेद ,शारीरिक तथा मानसिक रुपबाट दिईने पिडा प्रतिबन्ध लगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मान पुर्याइने सबै किसिमको अघातलाइ महिला हिसाका रुपमा बुझ्नुपर्छ । बलात्कार ,घरेलु हिसा , हत्या ,कुटपिट बोक्सी को आरोपमा गाउँ निकाला, दाइजो प्रथा,बहुबिबाह ,बालबिबाह ,जबर्जस्तिकरणी र अन्य मानसिक तथा शारीरिक यातनादेखि महिलालाई अपहेलना महसुस हुने समस्या ले गर्दा नारी आफैमा कमजोर को पात्र बन्दै गयकी छन।

सदियौंदेखि वञ्चितीकरण, वहिष्करण र विभेदीकरणको सिकार बन्दै आएका महिलाको उत्थान र विकास तथा उनीहरूमाथि हुने सबै प्रकारका विभेद अन्त्य गरी हरेक क्षेत्रमा समतामूलक प्रतिनिधित्व गराउने हेतुले विभिन्न कालखण्डमा महिला आन्दोलन हुँदै आएका छन् ।

अन्याय, अत्याचार, दमन, शोषणजस्ता अति नै निन्दनीय विषयले महिलाको विकासमा प्रत्यक्ष र परोक्ष रूपमा नकारात्मक प्रभाव पार्दै आएको पाइन्छ । पुरुषको अहंकारवादले ग्रसित समाजमा महिलालाई माथि उठ्न नदिनु, सामाजिक, आर्थिक तथा राजनीतिक मूलधारमा महिलाको सहभागिता शून्य हुनु, विविध किसिमका अवसरबाट महिलालाई वञ्चित गरिनुजस्ता यावत् कारणले महिलाको जीवनस्तर माथि उठ्न नसकेको विषम परिस्थितिका बेला सन् १९०८ देखि अमेरिकाको न्युयोर्कमा महिला मजदुरहरूको आन्दोलन सशक्त ढंगबाट अगाडि बढेको थियो ।

फलस्वरूप सन् १९०९, मार्च ८ मा उक्त आन्दोलन उत्कर्षमा पुगी आन्दोलनरत महिलाका केही माग पूरा भए । महिला आन्दोलन सशक्त बन्दै जाँदा महिलाप्रतिको सोचाइमा केही परिवर्तन देखा पर्दै आएको छ । सन् १९११ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने निर्णय भएसँगै महिलाका हक अधिकारलाई सम्बोधन गर्न विश्वका अधिकांश देश सकारात्मक देखिएका छन् ।

महिला आन्दोलन महिलाका पक्षमा उल्लेखनीय परिणाम हासिल गर्न सफल भएको छ । महिलाको राजनीतिक अधिकारसम्बन्धी महासन्धि सन् १९५२ ले महिलालाई कुनै पनि भेदभावबिना पुरुषसरह सबै प्रकारका निर्वाचनमा मतदान गर्न पाउने, सम्पूर्ण निकायका निर्वाचनका लागि उम्मेदवार हुन पाउने र राष्ट्रिय कानुनद्वारा स्थापित सार्वजनिक पद धारण गर्न तथा सबै किसिमका सार्वजनिक काम गर्न पाउने अधिकार प्रदान गरेको थियो । महिला अधिकारका निम्ति जिउदा मान्छे सङ्ग जिउदा मान्छेकै स्याउस्याउती गर्दा घेरथोर आन्दोलन गर्दा महिलाको समस्या उत्तिकै छ ।

आजको यो बिज्ञान र प्रबिधिको युगमा पनि छाउपडि पर्था हटेको छैन । धार्मिक र सामाजिक बनोट बाट एक घटिया सोचको निर्माण भयको महिनावारी भयको महिला हरु गोठमा बस्ने चलन गरायकोले आज कैयौ नेपाली आमा हरुको अकल्पनीय र अतुलनीय ज्यान समेत गुमाउने घट्ना भोग्नु परेको छ । तर भलादमी र जानकार लाई भने कुनै नौलो कुराको अनुभुती गर्दैनन् हार्दिक श्रद्धाञ्जली शोकाकुल परिवर माथी धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै यो कुरा फेसबुक सामाजिक संजाल समाप्त गराउछन।

यस प्रकार महिलाविरुद्ध भए गरेका सामाजिक, आर्थिक, राजनीतिक विभेद अन्त्य गर्दै समतामूलक वातावरण सिर्जना गर्न सकारात्मक पहलकदमी भएको पाइन्छ । महिला उत्थान तथा विकासका लागि संयुक्त राष्ट्रसघंले पनि उल्लेखनीय मात्रामा नीतिनियम तर्जुमा गरेको छ । सन् १९७९ मा पारित र सन् १९८१ मा अनुमोदित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिले समानताको सिद्धान्तका आधारमा पुरुषसरह महिलालाई सबै निर्वाचन र सार्वजनिक जनमत संग्रहमा मतदान गर्न पाउने अधिकार, सबै प्रकारका निर्वाचनका लागि योग्य हुने अधिकार, सरकारी नीति तर्जुमा र कार्यान्वयनमा सहभागी हुने तथा सार्वजनिक पद धारण गर्ने, सरकारका सबै तहमा हुने सार्वजनिक कार्य सम्पादन गर्ने अधिकार, नागरिकता पाउने र नागरिकता परिवर्तन गर्न पाउने अधिकारको व्यवस्था गरी महिला सहभागितालाई वृद्धि गर्दै लैजानुपर्ने कुरामा जोड दिएको थियो ।।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्