२०७९ जेष्ठ ८ गते आइतवार

मास्क प्रयोगबारे सचेत बनाउदै महिला सामुदायिक



१३ माघ,घोराही –
नेपालमा महामारीको रुपमा रहेको कोरोना भाईरस संक्रमणबाट बच्नकालागी नेपाल महिला सामुदायिक सेवा केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न सचेत बनाउन सुरु गरेको छ ।

केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न र मास्क प्रयोगबारे सचेत बनाउन सुरु गरेको हो । विभिन्न संघसंस्थासँगको समन्वयमा घोराहीको भानु चोकमा स्टल स्थापना गरेर मास्क नलगाएकाहरुलाई मास्क प्रयोग गर्न र प्रयोग गरेकाहरुलाई पनि सही तरिकाले मास्कको प्रयोग गर्नकालागी सचेत बनाउने काम भएको नेपालम महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगीले जानकारी दिनुभयो ।

मंगलवारदेखी स्टल स्थापना गरेर एक हप्ते अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । मास्क लगाउन अटेरी गर्नेहरुलाई काउन्सीलिङ गरेर मास्क प्रयोग गर्न अनुरोध गरिएको र उहाँहहरुले पनि मास्कको प्रयोगबारे सचेत भएपछि प्रयोग गर्ने गरेको मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिनुभएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रले सम्पूर्णमा भिडभाडमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ ।।

प्रकाशित मिति : २०७८ माघ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्