२०७९ जेष्ठ ८ गते आइतवार

घोराहीमा पत्रकारीता तालिम सम्पन्न




१२ माघ,घोराही –
नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको तीन दिने विविध विधामा आधारित पत्रकारीता तालिम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष उदय जिएमले पत्रकारिता पेसालाई इमान्दार रुपमा अगाडि बढाउन खोज पत्रकारीता गर्नुपर्ने बताउनुुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुुभएका जिएमले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनिमियतता रोक्ने कार्यमा पनि उत्तिकै भूमिका रहेको बताउनुुभयो । साथै तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो ।

घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा गरिएको क्षमता अभिबृद्धि तालिममा डिजिटल अनलाईन मिडिया, रेडियो, टिभि, छापा लगाएतमा कार्यरत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

घोराहीमा संचालन भएको तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, पत्रकार नरेन्द्र केसी, लक्ष्मी आचार्य, टिकाबहादुर बस्नेत, सन्तोष सुवेदी, बसुन्धरा गौतम लगाएतले प्रशिक्षण दिनुुभएको थियो । सोमबारबाट सुरु भएको तालिममा ६० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्