२०७९ जेष्ठ ८ गते आइतवार

शिक्षा सुधार गर्न साढे नौ खर्ब रुपैयाँ खर्च हुँदै



३ माघ, घोराही –
सरकारले नेपालको शिक्षा सुधार गर्न ९ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयन गर्ने भएको छ ।

विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच सुनिश्चित गरी गुणस्तर सुधार गर्न शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले तयार गरेको यो योजना आगामी साउन १ गतेबाट लागू हुने भएको छ ।

२०७९ साल सम्ममा नेपाललाई विकासशील राष्ट्रका रूपमा स्तरोन्नति गर्ने लक्ष्यलाई कार्यान्वयन गर्न यो नयाँ योजना कार्यान्वयन गर्ने चरणमा रहेको मन्त्रालयले बताएको छ ।

गत वर्ष समाप्त भएको विद्यालय क्षेत्र विकास कार्यक्रम प्राविधिक कारण आगामी असार मसान्तसम्म चालू रहने भएकाले साउन १ गतेबाट लागू हुने मन्त्रालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्