२०७८ माघ ९ गते आइतवार

५ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा धेरै



३० पुस, घोराही   – नेपालका पाँच जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ र कास्कीमा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा धेरै छ ।

यस्तै सक्रिय संक्रमितको संख्या शून्य रहेको जिल्ला मुगु मात्रै छ । केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण दर बढेको छ । कोरोना संक्रमण बढेसँगै अस्पतालमा कोभिड बिरामीको संख्या थपिँदै गएको छ ।

अहिले अस्पतालमा कोरोना सँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरू जाने क्रम बढेको छ । अहिले घाँटी र जिउ दुख्ने, थकान महसुस हुने, रुघाखोकी र ज्वरो सहितका लक्षण लिएर मानिसहरू अस्पताल आइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

सरकारले कोरोना सङ्क्रमणबाट बच्न कोरोना खोप लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई आग्रह गर्दै आइरहेको छ । योसँगै सरकारले कोरोना सम्बन्धी विभिन्न निर्देशन दिएर पालना गराउन विभिन्न निकायलाई आग्रह गरेको छ ।।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्