२०७८ माघ ९ गते आइतवार

घोराहीमा सुचना मुलक साँस्कृतिक कार्यक्रम सम्पन्न



२९ पुस,घोराही – घोराहीमा सुचना मुलक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गल्ने र नगल्ने फोहर घरदैलोमा छुट्याई फोहर मोहरमा बदलौं, भौतिक दुरी कायम गरौं भन्ने मुल नाराको साथ आज घोराहीमा सुचना मुलक साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।

मगरभाषा साहित्य तथा साँस्कृतिक प्रतिष्ठान र सिजी व्याण्डको आयोजना एवं घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आर्थिक सहयोगमा वडा भित्रका नयँ बसपार्क, बालमन्दिर, शब्जिमण्डी लगाएतका विभिन्न ठाउँमा पुगि गितसंगितको माध्यमबाट सचेतना मुलक शन्देश प्रदान गरिएको हो ।

व्याण्डका अध्यक्ष प्रकाशसिंह पुनको अध्यक्षता एवं वडाध्यक्ष शक्तिराम डाँगी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलाकारहरुले जनचेतना मुलक गितहरु प्रस्तुुत गरेको शुरेश बुढा मगरले जानकारी दिनुुभयो । त्यस्तै बजारमा मास्क नलगाई हिडडुल गरेका व्यक्तिहरुलाई मास्क वितरण गर्नुका साथै कोरोना संक्रमणको जोखिमबारे सचेत बन्न आग्रह गरेका थिए ।।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्