२०७८ माघ ९ गते आइतवार

दाङमा स्मार्ट लकडाउन, साँझ होटल खोल्न नपाइने



२९ पुस,दाङ –कोरोना भाइरसको संक्रमण उकालो लागेको भन्दै दाङमा स्मार्ट लकडाउन गर्ने निर्णय भएको छ । आज प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला स्तरिय कोरोना व्यवस्थापन समितीको बैठकले आज राति १२ बजेदेखी स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो ।

दाङमा स्मार्ट लकडाउन अन्तरगत होटल, रेष्टुरेण्ट, पार्टि प्यालेसहरु साझ ७ बजे सम्म मात्र खाल्न दिने निर्णय भएको छ । साथै सार्वजनिक स्थलमा २५ जना भन्दा धेरैको जमघट गर्न प्रतिबन्ध लगाएको छ । साथै माघको अवसरमा कुनै पनि मेला मोहत्सव सञ्चालन नगर्ने निर्णय भएको हो ।

यस्तै दाङमा आउदो माघ ७ गतेदेखी खोप कार्ड भए मात्रै सार्वजनिक स्थानहरुमा प्रवेश गर्न पाईने भएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गदै सार्वजनिक स्थानहरु कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईमार्ग लगाएतका क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड लागु गर्ने निर्णय भएको छ । ती क्षेत्रहरुमा जादा खोप कार्ड साथमा भएको हुनुपर्ने वा मोवाएलमा राखेको हुनुपर्ने छ ।

साथै दाङका पालिकाहरुमा बढ्ने कोरोना संक्रमण दरका आधारमा जिल्ला प्रशासन कार्यलयबाट स्वीकृति लिई पालिकाले थप कडा लकडाउन गर्न समेत सक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्