२०७८ माघ ९ गते आइतवार

 माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय



२५ पुस, काठमाडौँ– कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

ओमिक्रोन भेरियन्टको चेनब्रेक गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । उनका अनुसार अहिले धेरैजसो विद्यालयमा हिउँदको बिदा भएकाले पनि विद्यालय बन्द गर्ने निर्णय लिइएको हो ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्