२०७८ माघ ९ गते आइतवार

प्युठानमा एक व्यक्तिको कंकाल फेला



२५ पुस, दाङ – प्युठानको तिखाचुली सामुदायिक वनमा आज मानव कंकाल फेला परेको छ । उक्त कंकाल गत भदौ १२ गतेदेखि हराएका गौमुखी गाउँपालिका–५ रजवाराका ४२ वर्षीय हिमाल गुरुङको भएको प्रहरीले जनाएको छ । पाइन्ट, टिसर्ट र चप्पलबाट उनको पहिचान गरिएको प्रहरीको भनाइ छ ।

घरदेखि अन्दाजी करिब ५ घण्टा पैदल दुरीमा पर्ने वनमा खर काट्न गएको बेला हिमालका २३ वर्षीय छोरा प्रकाशले कंकाल देखेको प्रहरीलाई जानकारी दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्