२०७८ माघ ९ गते आइतवार

माधव-झलनाथ छिट्टै पछुताउछन: युवराज ज्ञवाली



२३ पुस, दाङ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी बिभाजनमा लाग्ने माधव, झलनाथ समुहलाई ढिलो चाँडो पछुताउनुपर्ने बताउनु भएको छ । नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले पार्टिलाइ कमजोर बनाउने र पद लोलुपताले पार्टी बिभाजन गर्नेहरु छिट्टै पछुताउनु पर्ने बताउनु भयो ।

पार्टी भित्रको विचारलाई विवादको रुपमा खडागरि एमालेबाट भागेर जानेले कुनै उपलब्धि गर्न नसक्ने बताउनु भयो । रिसको झोकमा घर छोड्दा माधव(झलनाथ समुहले दुस्ख पाउने उहाँको भनाइ छ । नेकपा एमाले समाजवादको यात्रामा अघि बढेको र श्रमजीवीको न्याय र मुक्तीका लागि स्थापित पार्टी भएको धारणा व्यक्त गर्नु भयो ।

एमालेका पोलिटव्यूरो सदस्य नरुलाल चौधरीले एजेन्डा बिहिन गठबन्धनले जनताको हित नगर्ने बताउनु भयो । आफुलाइ शक्तिशाली भन्ने कांग्रेस पनि माओवादीको एजेन्डामा अघि बढेर पतनको दिशातिर लागेको टिप्पणी गर्नु भयो । अर्का पोलिटव्यूरो सदस्य शान्ता चौधरीले एमाले आफैमा सक्षम भएको भन्दै एक्लै हिड्न सक्ने सामर्थ्य भएको बताउनु भयो । एमालेको लोकप्रियता देखेर अत्तालिएर विपक्षीले पाँच दलित गठबन्धन गरेको टिप्पणी गर्नु भयो ।

एमालेले ल्याएका विकास एजेन्डाहरुलाइ गठबन्धन सरकारले खारेज गरि जनघाती काम गरेको आरोप लगाउनु भयो । अर्का वक्ता केन्द्रीय अनुशासन आयोगका सदस्य छविलाल वलीले चुनौतिका बिरुद्ध एकता आवश्यक रहेकोमा जोड दिनुभयो । आन्तरिक, बैचारिक, सांगठनिक एकताले मात्रै एमालेको भविस्य जीवन्त हुने बताउनु भयो ।

पार्टी अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा उपाध्यक्ष हुकुमबहादुर बस्नेतले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव मनोहर बुढाथोकीले गर्नु भएको थियो । राष्ट्रिय जनसांस्कृतिक महासंघका कलाकारले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

अधिवेशनले एक अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र कोषाध्यगरि १२१ सदस्यीय कमिटी निर्वाचित गर्ने छ भने १० जना मनोनित गरिने छ । अधिवेशनमा १ हजार ६ सय प्रतिनिधि सहभागी छन ।

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्