२०७८ माघ ९ गते आइतवार

भारतमा एकै दिन ५३४ जनाको मृत्य, ५८ हजार संक्रमित थपिए



२१ पुस, घोराही – भारतमा कोरोनाका कारण एकै दिन ५ सय ३४ जनाले ज्यान गुमाएका छन् । वितेको २४ घण्टामा ५८ हजार ९७ कोरोना संक्रमित थपिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पछिल्लो समय भारतमा पनि कोरोना संक्रमण दर तीव्र गतिमा बढीरहेको छ । अहिलेसम्म भारतमा तीन करोड ५० लाख भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये तीन करोड ४३ लाख भन्दा बढी निको भइसकेका छन् । अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ८२ हजार ५५१ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणदर तीव्र गतिमा बढ्न थालेपछि दिल्लीमा रात्रिकालीन कफ्र्यु लागू गरिएको छ । भारतमा प्रवेश गर्ने यात्रुहरुलाई स्वास्थ्य मापदण्डमा पनि कडाइ गरेको छ ।

उता अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् ।

हाल अमेरिका, युरोप, अफ्रिकाका विभिन्न मुलुकहरुका साथै छिमेकी भारतमा पनि कोरोना संक्रमणको नयाँ लहर बढ्दै गएको छ । अमेरिकामा गत साताभन्दा दोब्बरले संक्रमण बढेको विश्वविद्यालयले उल्लेख गरेको छ ।।

 

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस्