२०७८ माघ ९ गते आइतवार

सलाम छ मेरा स्वर्गीय बा लाई



म आज राज्यको चौथो अङ्गसंग जोडिन पुगे मेरा बा कैयौंपटक घेरा बन्दिमा नपरेकोभए पार्टी भित्र आएका अनेकौं समस्यालाई सुल्झाउने तिर नलागेकोभए त्यो बेलाको एक महामारी रोग जस्तैः माओवादीको शासनलाई जिम्मेवार पुरा नगरेकोभए मेरो सन्तानलाई अन्धकारले ध्वस्त बनाउथ्यो। गर्भमै आतंककारीको चिनारी बोकेको छोरो हुँ म । मेरा बा जनयुद्धमा पूर्णकालीन भएर हिँडेपछी सामन्ती प्रतिक्रियावादी शासकहरुको बुझाइमा म आतंककारीको छोरा हुने भएँ । म गर्भमा हुर्किदै थिएरे मेरा बा राइफल बोकेर त्यो युद्ध लड्न जानू भएछ ।

मेरि आमाले भन्नु हुन्थ्यो रे– श्रीमान युद्धमा जानु भएको छ कसैले घेरा बन्दी गरेर कुटेकी? दिनदिनै यति जना मान्छेको ज्यान गयो भनेर खबर आउथ्यो रे मेरी आमा हातका औला पड्काएर हैरानमा बस्नु हुन्थ्यो । कुनै दिन मेरि आमा खाना नखाउर भोकै सुत्नुहुन्थ्यो, कस्तो मानसिक अवस्थामा हुनुहुन्थ्यो होला मेरी आमा । म गर्भको बच्चा गर्भै टुहुरो हुने हो कि भनेर मेरि आमालाई ब्यथा लागुन्जेल सम्म मेरा बाको बाटो हेर्दै बबस्नु हुनुहुन्थ्यो रे। न त मेरी आमाले मेरा बा लाई मुक्तियात्रामा जानबाट रोक्न सक्नुुभयो न त चाहानुुनै भयो। हो, उहाँ जनयुद्धको औचित्यलाई उच्चस्तरका अभिब्यक्तिबाट ब्यक्त गर्न सक्नुहुन्थेन तर उहाँलाई जनयुद्धको उद्धेश्य भने थाहा थियो ।

दलितको लागि गरिवीबाट मुक्तिको लागि सामान्ती दलालको लागी त्यो हुम्लाको दुर्गम भेगलाइ कष्टकर जीवनलाई बदल्ने शासन स्थापना भएको हेर्न मन भने पक्कै थियो । भौगोलिक हिसाब बाट सबैभन्दा मेरो दुर्गम जिल्ला पहिलेको त्यो श्रीनगर गा. वि. स अहिलेको अदानचुलि गाउँपालिका देखी जनयुद्धको आधार इलाका भएर होला प्रतिक्रियावादी सत्ताका पहरेदार सेना र प्रहरीको बिचमा मेरा बा ले अत्याचारसँंग सिंगौरी खेलिरहनुभयो । म यो धर्तिमा जन्म लिइसकेपछी कसैले भनेकी ? दुस्मन दलालहरुले दलितलाई मात्रै हड्डी घोट्ने हरुले बाउ त आतंककारी हो छोरो नि आतंककारी नै जन्मिन्छ होला भनेर मनमनै पनि खेलाए कि? दुस्मनका निम्ति म आतंककारी नै जन्मिए कि?

म बामे सर्ने भए देखि मेरा बा घरमा आइसक्नु भयो । हुनत म सानै थिए जनयुद्धको पीडा मलाइ के थाहा थियो र?
मेरा बा समाचारमा विशेष चासोदिनुहुन्थ्यो । ताक्ला चाइना बौडरबाट जिल्ला सदरमुकाम सिमिकोट देखी हिडेर जान दुई दिन लाग्थ्यो । म बुझ्ने भैसकेपछी मेरा बा ले क्यासेट किनेर ल्यानु भएको थियो। दिनप्रतिदिन समाचार सुनिरहन्थे म भने समाचार नबुझ्ने गित मात्र बजाइदिनु भनेर रुवाबासी गर्ने । यो पागल छोरो जन्मियो भनेर म भन्दा धेरै टाढा गएर समाचार सुन्नेगर्नुहुन्थ्यो । माओवादी को राम्रो समाचार आयो भनेपछि मेरा बा को मुख उज्यालो हुने । म नबुझी खुसी हुने मेरा बा ले अब रेडियो ल्याए म गित बजाएर एकान्तमा बस्न मन पराउने हिरोको अभिनय गर्ने नाच्ने दिनभरी रेडियोलाइ स्या सु गरायर चार दिनमै सेल पनि खराब बनाउने। बा लाई भने नुन तेल सक्कियको थाहा नहुने रेडियोको ब्याट्री सक्कियो भनेर हैरान ।रु बाउ समाचारको लागि हैरान म गितको लागि हैरान ।

म नौ बर्षको थिए मलाइ यो कुराको अनुभुती भयोकी मैले बुझे मेरा बा को त्यो पुरानो रेडियो त बजेकै थियो त्यो बेला म हरामी थिय बाउ लाई रेडियो खोल्नै नदिने मान्छे बाउ सङ्ग समाचार सुन्न थाले ।तैले के बुझिस भनेर प्रश्न गर्नु भयो मैले भने जति खेर पनि हाम्रो रेडियोले माओवादी नेपाली काङ्ग्रेस माले मात्र किन भन्छ बा यो रेडियो भित्र खाना नखाने मान्छे हुन्छन कि है भन्थे ।तेस्तो होइन समाचार आयको मात्र भन्नु भयो। तैले धेरै गित बजाय पछि यी रेडियो भित्रका मान्छे आयर तलाइ बाधेर राख्छन दिनको दिन रुन्छस मलाइ सताउछस भनेर डर देखाउनु भयो।मैले भने त्यो रेडियो एक महिना सम्म छोयन बा ले समाचार सुन्ने बेलामा म ज्ञानि भयर बसे 😁।

एक महिना पछि को कुरा ।। बा कता कता टाढा जानू भाको थियो रेडियो घरमा अग्लो ठाउमा झुन्ड्यार जानू भयो। मैले ओल्ला पल्ला घरका साथी भाइलाई जम्मा गरेर मेरो घरमा ल्याए हामीले सल्लाह गर्‍यो यो रेडियो निकालेर मेरा बा ले सुन्ने समाचार १०० मा आउँछ हामी पनि सुन्न पर्यो हल्ला नगरिकन सुन्यो भने प्रचण्ड ले माया गर्नु हुन्छ रे भनेर डोको घोप्टाएर रेडियो निकालियो । ठ्याक्कै एक बजेको समाचार लागेको रहेछ सुन्यौ पनि । बाँकी गित आयो बन्द गरेर मेरा साथिहरु खेल्न थाल्यौ । केही दिनमै त्यो रेडियो पनि फुटाइदिय बा समाचार को लागि थपक्क भएर बस्नु भो।

यो एउटा बचपनको स्मरण यस्तो आउँछ भने बा ले क्रान्ति र समाजलाई बदल्नु छ हामीले मुक्ति पाउनु पर्छ भनेर शासन पछि लाग्नु भयो ।हाम्रो समाज मुक्तिको लागी लड्नु पर्यो भन्ने हामीले माग्ने काम तिर लोभिनुहुन्न भनेर आवाज उठाउने । एक गतिलो निर्णय बनाउन खोज्ने हाम्रो बर्गको समुदाय ले मेरा बाउका कुरालाइ उल्लु बनाउने । केहि बुद्धिजीवी ले भने साथ सहयोग गर्न छाडेनन भनेर बा ले भनीरहनु हुन्थ्यो आदरणीय स्वर्गीय बाजे पठाने पार्की , स्वर्गीय दाजु कालचादे भियाल ,स्वर्गीय बाजे भक्ते भियाल चन्द पार्की, पाथे भियाल कार्से दमाई चन्द दमाई जस्ता स्वर्गीय महानहरुलाइ पनि सलाम छ भन्दै आफू पनि स्वर्गीय भएर जानू भो हजुरलाइ सलाम छ सबैजना नहुदाको पीडा फरक छ।

बा तपार्इलाइ सलाम जनयुद्ध मा पुर्णकालिन भएर हिड्नु भो सामान्ती र शोषण अन्त्यका लागि एक यात्री भयर हिड्नु भो । पार्टीको लागि तपाइको योगदान जिबितै छ मुल्यांकन गर्न त गर्दैनन आजको बैकल्पिक राजनीतिक शक्तिमा नेपालको राजनीति मनै नपर्ने भैसकेको छ। घरमा भोकमरी को समस्या हुन्थ्यो के खाउ खान भएपनि माओवादीको डरले बिगिबिगी बनाउने ।कोहि बिकासको र मुक्तिको लागि राजनीतिकमा लागेका थिय कोहि स्वार्थ र परिपुर्तिका लागि लागेका थिय यो नियत आफैले यो युगमा देखायको छ।

मेरा बा दुख यति खेर लाग्छ सङ्गै राजनीतिकको यात्री बनौंला सोचेको थिय ।म सानो हुँदा म तपाई युग्द्दको लडाइ मा गैजानु भयो अलि ठूलो भय म पढाइको सिलसिलाले म घर जिल्ला छोड्ने बाध्य भए मेरो उमेर अलि बढ्दै गयो अकस्मात तपाईंको अकल्पनीय मृत्यु भयो । मैले दुख जिउन सिकिसके एक्लै छु कसैले बेलाबेलामा ठक्कर दियका छन बा को शत्रुहरु म माथी रिशिभी गर्छन कुरा काट्छन यी कुरा ध्वस्त पार्न तपाइँले जन्मायको पुत्र बिउझिसकेको छ। सलाम छ मेरा बा लाई ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस्