२०७८ माघ ९ गते आइतवार

राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिता तुलसीपुरमा शुरू



१६ पुस,घोराही –
दाङमा आजदेखि टेबलटेनिस प्रतियोगितामा शुरू भएको छ । दाङसहित विभिन्न जिल्लाका २८ समूहको सहभागिता रहेको प्रतियोगिता तुलसीपुरमा शुरू भएको हो ।

दिबंगत हुुनुुभएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरले टेबलटेनिस प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले खेलकुदले आपसी मेलमिलापको भावना जागृत गर्ने बताउनुुभयो । खेल क्षेत्रबाट सिक्ने पाठ भने कै अनुुशासन र मेलमिलाप भएको उहाँको भनाई छ ।

युथ अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रममा टेबलटेनिसका केन्द्रीय उपाध्यक्ष विजेन्द्र हमालले खेलकुदमा राज्यको लगानी पर्याप्त नभएको गुुनासो गर्नुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले टेबलटेनीस प्रतियोगिताले खेलाडीलाई उत्साह थपेको र दिबंगत नेता खड्काको योगदानलाई स्मरण गराएको बताएका थिए ।

प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय समुुहको सहभागिता रहेको छ । पुरस्कारको राशी ३ लाख ८० हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगिता पर्सि सम्म संचालन हुने छ ।।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्