२०७८ माघ ९ गते आइतवार

सगरमाथाको नयाँ उचाइसहितको हुलाक टिकट प्रकाशन



१४ पुस, काठमाडौं –

सरकारले सगरमाथाको नयाँ उचाइसहितको हुलाक टिकट प्रकाशन गरेको छ ।

बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आठ हजार ८.४८.८६ मिटर उचाइ उल्लेख गरिएको सगरमाथाको तस्बिरअंकित हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेका हुन् ।

यस्तै, आठ हजार मिटरभन्दा बढी उचाइ भएका कञ्चनजंघा, मनास्लु, अन्नपूर्णलगायत सात हिमालअंकित हुलाक टिकट प्रकाशन गरिएको छ ।

यस्तै, विभिन्न पदमार्ग, मिथिला आर्टलगायत समावेश गरिएको सन् २०२१ को हुलाक टिकटहरूको प्रथम दिवसीय आवरणमा मन्त्री कार्कीले टाँचा लगाए ।

कार्यक्रममा मन्त्री कार्कीले हुलाक टिकटले देशको आर्थिक, जैविक, सामाजिक, धार्मिक, राजनीतिक, भौगोलिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई विश्वसामु प्रस्तुत गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

विभिन्न डिजाइनमा तयार गरिएको हुलाक टिकटको दर १० र २० रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्