२०७८ माघ ९ गते आइतवार

देशभर वर्षा, हिमाली जिल्लामा हिमपात



१४ पुस,घोराही-
दाङ सहित देशभर पानी परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ भने देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । लगातार आज दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र फेरि पर्ने सम्भावना छ । पानी पर्न थालेसँगै देशभरको अधिकतम तापक्रम घटेको छ ।

अधिकतम तापक्रम घट्दै गएकाले चिसो अझै बढ्ने बताईएको छ । यस्तै, तराईका जिल्लामा वर्षासँगै चिसो हावा चल्न थालेको छ । चिसोका कारण जनजीवन कष्ठकर बनेको छ । स्थानीयबासिन्दाले तराईमा शितलहर चलेको बताए पनि मौसम पूर्वानुमान महाशाखाले औपचारिक घोषणा गरेको छैन ।

भोलिदेखि भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बन्दै जाने भएकाले पानी पर्न रोकिने छ । भोलि मौसम केही खुल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।।

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्