२०७८ माघ ३ गते सोमवार

घोराहीमा एचआईभी र कोरोना परिक्षण सञ्चालन



१५ मंसिर,घोराही –
३४ औँ बिश्व एड्स विरुद्धको दिवसका अबसरमा घोराहीमा एचआईभी र कोरोना परिक्षण सञ्चालन गरिएको छ । घोराही उपमहानगरपालिका १४ शहरी स्वास्थ्य केन्द्र तिनकुुने चोकमा दिवसका अबसरमा आज र भोली एचआईभी र कोरोना परिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुुर शाहीले असुरक्षित यौन सम्पर्क नगर्नु र रगत लिदा अनिवार्य जाँच गर्नु नै एड्सबाट बच्ने उपाय भएको बताउनुुभयो ।

एचआईभी संक्रमितलाई अहिले पनि हेलाको व्यवहार गरिने भन्दै त्यसो नगर्न समेत सबैलाई उहाँले आग्रह गर्नुभएको छ । स्वास्थ्य कार्यालय दाङ, घोराही उपमहानगरपालिकाको आयोजना तथा परिवार नियोजन संघ, दाङ प्लस, एनसार, मानव स्वास्थ्य समाज, चेन्ज टिम र नागार्जुन डेभलपमेन्ट कम्युनिटीको सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, मानव स्वास्थ्य समाजका अध्यक्ष शिल्पा चौधरी, महिला स्वास्थ्य स्वयसेविका घोराही नगरकी अध्यक्ष बिना खनालले एचआईची संक्रमणलाई रोक्न व्यक्ति जिम्मेवार र सचेत हुनुुपर्नेमा जोड दिनुुभयो ।

दाङमा अहिले ३ सय ३३ जना एचआईभी संक्रमितहरु रहेको स्वास्थ्य कार्यालयमा तथ्यांक रहेको छ  । उनिहरु सबैले एआरटि नामक औषधी सेवन गरिरहेका छन् ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्