२०७८ माघ ३ गते सोमवार

विश्व एड्स दिवसका अवसरमा आज सचेनामुलक कार्यक्रम गरिदै



१५ मंसिर,घोराही –
आज ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ ।

एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार नेपालमा एचआईभी एड्स सङ्क्रमणदर घट्दै गएको पाइएको छ । १० वर्षको तथ्याङ्कलाई आधार मान्दा नेपालमा ६३ प्रतिशतले सङ्क्रमणदर घटेको पाइएको हो । त्यस्तै एड्सका कारण हुने मृत्यु ५५ प्रतिशतले घटेको छ । अहिले नेपालमा तीस हजार तीन सय व्यक्ति एचआईभी एड्सबाट सङ्क्रमित छन् ।।

यसैबिच विश्व एड्स दिवसका अवसरमा आज घोराहीमा सचेनामुलक कार्यक्रम गरिदै छ । यस्तै घोराही १४ मा रहेको शहरी स्वास्थ्य केन्द्र नयाँ बजारमा एचआईभि एड्स सम्बन्धि सचेतनामुलक स्टल राख्ने, एड्स सम्बन्धि परामर्श तथा परिक्षण गर्ने घोराही उपमहानगरको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्