२०७८ माघ ३ गते सोमवार

श्रीमानको हत्या आरोप लागेकी दाङकी एक महिला पक्राउ



१५ मंसिर,घोराही-
श्रीमानको हत्या आरोपमा दाङकी एक महिला ७ वर्षपछि पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १० घर भई हाल काठमाडौं बस्ने ५० वर्षीया दिल कुमारी सेन रहेको प्रहरीले जनाएको छ । उनलाई ०७१ सालमा आफ्नो श्रीमानको हत्यामा संलग्न रहेको आरोप रहेको छ ।

सेनलाई महानगरीय अपराध महाशाखा काठमाडौंले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका अनुसार दिलकुमारीका श्रीमान द्रोण बहादुर सेनको हत्यामा संलग्न रामेछापको गोकुलगंगा गाउँपालिका ४ का ५४ वर्षीय भिमे सार्की भने ०७७ साल फागुन ११ गते देखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।

द्रोण ०७१ साल चैत ९ गते काठमाडौं १० स्थित सिम्रिक पुलमुनि टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेका थिए । पक्राउ परेकी द्रोणकी श्रीमती दिलकुमारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत नयाँ बनेश्वरमा राखिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्