२०७८ माघ ३ गते सोमवार

आज दाङका ३ जनामा कोरोना पुष्टि, ७ जना कोरोना मुक्त



१३ मंसिर,घोराही –
दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर गर्दा दुई महिला र एक पुरुषमा कोरोना पष्टि भएको हो ।

कोरोनामा पुष्टि हुनेमा तुुलसीपुरका २ जना र घोराहीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैविच आज जिल्लामा सात जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा घोराही र तुलसीपुरका तीन तीन जना र लमहीका एक जना रहेको केन्द्रले जनाएको छ ।

अहिले दाङमा कोरोनाका सकृय बिरामी २५ रहेका छन् । उनिहरु मध्य ५ जना आईसियू सहितको उपचारमा रहेका छन् भने २० जना घरमै रहेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्