२०७८ माघ ३ गते सोमवार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै



११ मंसिर,काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन् । आजको पहिलो खेलमा च्यासल युथ क्लबले विभागिय टीम एपीएफसँग खेल्ने छ । त्यस्तै दोस्रो खेल मनाङ मर्स्याङदी र हिमालयन शेर्पासँ क्लवले प्रतिस्पर्धा गर्नेभएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दिउँसो १ बजेबाट हुनेछ । च्यासलले हालसम्म कुनैपनि खेलमा जित निकालेको छैन । आज च्यासाल पहिलो जितको खोजीमा हुनेछ । उसले पहिलो खेलमा थ्री स्टारसँग ३-० को फराकिलो हार बेहोरेको थियो ।

त्यस्तै उता एपीएफ पनि पहिलो जितको खोजीमा रहनेछ । उसले पनि पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ को हार बेहोरेको थियो । त्यस्तैगरी मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा क्लवबीचको खेलपनि ४:४५ मा हुने छ । मनाङले आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लबबिरुद्ध १-० को जित निकालेको थियो ।

आजको खेलमा पनि जित निकाल्दै मनाङ जितलाई निरन्तरता दिन चाहन्छ । उ ए डिभिजन लिगको आठ पटकको च्याम्पियन पनि हो । हिमालयन शेर्पा भने पहिलो जितको खोजिमा हुनेछ । यसअघिको पहिलो खेलमा हिमालयन शेर्पाले संकटा क्लबसँग एक\एकको बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस्