२०७८ माघ ३ गते सोमवार

एमाले महाधिवेशनको निम्तो टार्दै प्रचण्ड काभ्रेतर्फ



१० मंसिर,घोराही –
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अतिथिका रूपमा सहभागिताको निम्तो आए पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज काभ्रे जाने भएका छन् ।

प्रचण्ड एमालेको महाधिवेशनमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने जिज्ञासा आम रूपमा व्यक्त भइरहेका बेला प्रचण्ड पार्टीको गाउँपालिका कमिटीको सम्मेलन उद्घाटनका लागि काभ्रे जान लागेका हुन् ।

माओवादी केन्द्रको खानीखोला गाउँ पार्टी कमिटीको दोस्रो सम्मेलनमा प्रचण्ड प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ ।

एमालेले माधव नेपाललाई महाधिवेशनमा निम्ता नगरे पनि प्रचण्डलाई भने निम्तो गरेको थियो ।

प्रचण्डले पार्टीका तर्फबाट स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई निम्तो मान्न चितवन पठाएका छन् ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन केहीबेरमा नारायणी नदी किनारमा हुँदैछ ।

 

 

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्