२०८० चैत्र १६ गते शुक्रवार

पब्जी खेल्न रोक्दा किशोरले गरे गोली हानेर आमाको हत्या



एजेन्सी-

भारतमा पब्जी खेल्न नपाएपछि आक्रोशित १६ वर्षीय छोराले आमालाई गोली हानेर हत्या गरेका छन्। लखनउका एक किशोरले आफ्नै आमा साधनाको हत्या गरी तीन दिनसम्म आमाको शव घरमै लुकाएर राखेका थिए ।

हत्यापछि उनले घरमै शव लुकाएर राखेका थिए । हत्याको पछिल्लो दिन आइतबार उनी आफ्ना एक जना साथीलाई घरमा बोलाएर बसेका थिए। अनलाइनमा गरेर खाना अर्डर गरे । डिनर पछि ल्यापटपमा फिल्म हेरे ।

साथीले आमाको बारेमा सोध्दा हजुरआमाको स्वास्थ्य खराब रहेकाले बाहिर गएको उनले बताएको खुलेको छ । हत्या भएको तीन दिनपछि अर्थात् सोमबार राति अर्का साथीलाई घरमा बस्न बोलाएका थिए । दुवैले सँगै खाना पकाएर खाए। पब्जी खेले । त्यतिन्जेल शव सड्न थालेर दुर्घन्ध आउन थालेको थियो  मंगलबार बिहानै उनका साथी घरबाट भागेको खुलेको छ ।

मंगलबार राति दुर्घन्ध फैलिन थालेपछि ती किशोर आफैले बुवा नवीनकुमार सिंहलाई भिडिओ कल गरी भिडिओमा शव देखाएर जानकारी गराएपछि घटना बाहिरिएको हो । नवीन वाराणसीमा सेनाका एक जुनियर कमिसनरका रूपमा आवद्ध छन् । उनको पोस्टिङ पश्चिम बंगालमा छ।

लखनउमा उनकी श्रीमती साधना छोरा र १० वर्षिया छोरीसहित बस्दै आएकी थिइन् ।

किशोरको मोबाइलमा गेम खेल्ने बानी थियो । एडीसीपी काशिम अब्दीका अनुसार साधनाले गेम खेल्नबाट रोकेपछि छोराले गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसपछि बहिनीलाई धम्की दिएर उनले शव राखेको कोठामै थुनेर राखेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्