२०७८ मङ्सिर १५ गते बुधवार

खुकुरी देखाएर तर्साउदै सल्यानका व्यापारीबाट नगद ३ लाख लुटियो



८ कार्तिक,सल्यान –
सल्यानमा तरकारी खरिदका लागि आएका ब्यापारि लुटिएका छन् । सोमबार कपुरकोट गाउँपालिका वडा नम्बर १ को कालापात्लाको जंगलमा चार पाँच जनाको अपरिचित समूहले हतियार देखाएर ब्यापारिबाट नगद ३ लाख रुपैयाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नेपालगञ्ज बाँकेबाट तरकारी खरिद गर्न आएका सेराज हलवाईबाट लुटेराहरुको समूहले दिनदहाडै लुटपाट गरेका हुन् । रा १ ख २३९१ नम्बरको मिनि ट्रकमा तरकारी खरिदका लागि ब्यापारि हलुवाई आएका थिए ।

लुटेराहरुको समूहले सोमबार विहान साढे ११ बजेतीरको समयमा गाडी रोकेर सामान्य तोडफोड गरी खुकुरी देखाएर तर्साउदै नगद ३ लाख लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी इन्स्पेक्टर अर्जुन पौडेलले जनाए । उनका अनुसार मिनि ट्रकमा ब्यापारि र चालक तथा लेवर सहित चार जना थिए ।

मुख छोपेर आएका लुटेराहरुले गाडीको चाबी समेत खोसेर लगेका छन् भने गाडीका कागजात च्यातिदिएका छन् । रकम लुटेर उनीहरु रोल्पातीर भागेको व्यापारिले जनाए । उक्त गाडी घटनास्थलमै छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्