२०७८ मङ्सिर १५ गते बुधवार

सप्ताहव्यापी महिला जेसीज कार्यक्रमको दोस्रो दिनमा २० जनाद्धारा रक्तदान



८ कार्तिक,घोराही – दाङ महिला जेसीजको सप्ताहव्यापी रुपमा गरिने कार्यक्रम अन्तरगत दोस्रो दिन सोमबार घोराहीमा रक्तदान कार्यक्रम गरिएको छ । दाङ महिला जेसीजका अध्यक्ष ममता बिष्ट डाँगीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा रक्तदान गर्नेहरुमा शंकरप्रसाद डाँगी, रजिव उल्लाह खान, जुनु मगर, नीमा सुनार, संगीता मगर, नारायण भण्डारी,रोम थापा, बिष्णु गोराथोकी, रञ्जित परियार, सुशीला केसी, कुलबहादुर वली, माधव तिमिल्सेनालगायतले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा बोल्ने बक्ताहरुले रक्तदान नै जीवन दान भएकाले दाङ महिला जेसीजले महत्वपुर्ण काम गरेको बताएका थिए । साथै उनीहरुले महिला जेसीज युवा महिलाहरुको सस्था भएको भन्दै नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक विकासको कार्यलाई पनि ग्रामीणस्तरसम्म सेवा लग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा दाङ महिला जेसीजका सस्थापक अध्यक्ष निर्मला गौतम, त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश्वर शर्मा, दाङ महिला जेसीजका पूर्व अध्यक्ष निरजा पोख्रेल, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आर.के. शीतल, रक्त सन्चार केन्द्र घोराहीका इन्चार्ज दिलिप न्यौपाने, रोटरी क्लब अफ दाङका अध्यक्ष रजिव उल्ला खानलागायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको बारेमा कार्यक्रम मुख्य संयोजक जुनु मगरले जानकारी गराउँनुभएको थियो । साथै कार्यक्रमका सहभागीहरुलाई कार्यकारिणी उपाध्यक्ष संगीता गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । संयोजक नीमा सुनारको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव सुनिता थापाले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्