२०७८ मङ्सिर १५ गते बुधवार

लुम्बिनी प्रदेश सभा बैठक ११ गतेसम्मका लागि स्थगित



८ कात्तिक, बुटवल-
आज सोमबार बस्ने भनिएकोे लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो वडा र पालिकाको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आजका लागि बोलाइएको बैठक आउँदो ११ गते बिहीवारसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो । बैठकमा सहभागिता जनाए पनि एमालेले भदौ १ गतेदेखि सुरू भएको हिउँदे अधिवेशनमा निरन्तर अवरोध गर्दै आएको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्