२०७८ मङ्सिर १५ गते बुधवार

तुलसीपुरमा एक महिला ६ दिनदेखि बेपत्ता



८ कार्तिक,घोराही –
दाङको तुलसीपुरमा एक महिला ६ दिनदेखि हराएको पारिवारीक स्रोतले बताएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा स्थित अमृतनगर टोल निबासी ५२ बर्षिया इन्द्राकुमारी थापा बेपत्ता भएको छोरा यादव थापाले जानकारी दिनुभयो ।

६ दिनदेखि बेपत्ता हुनुभएकी उहाँ आफन्तको घरमा समेत नभेटिएपछि परिवारले खोजि गरिदिन सबैमा आग्रह गरेका छन् । थापा असोज २ गते बिहान ११ बजे टीका लगाउने भन्दै घोराहीमा रहेका माइतीकोमा जाने भनेर घरबाट निस्कनु भएको बताईएको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्