२०७८ मङ्सिर १५ गते बुधवार

सल्यानमा चट्याङ लागेर १ जना गम्भीर घाइते, ३ खसी मरे



३१ असोज,सल्यान –  सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ लाँखरमा चट्याङ लागेर एक जना गम्भीर घाइते भएका छन् । बेलुकी साढे ४ बजेको समयमा घरमा चट्याङ लागेर स्थानीय खिमवहादुर राना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । राना घाइतेसँगै गोठमा बाँधेका ३ वटा खसी समेत मरेका छन ।

चट्याङ लागेर ५३ वर्षका खिमवहादुर बेहोस अवस्थामा रहेको स्थानीय हिरालाल रानाले जानकारी दिए । यस क्षेत्रमा अहिले पानी परिरहेकाले उपचारका लागि समेत अस्पताल लिन समस्या परेको उनले बताए ।

यसअघि चट्याङले मावि च्युरामा ठुलो क्षति गरेको थियो । लाखौंको सोलार प्यानलमा चट्याङ परेपछि सबै विद्युतीय सामग्रीहरु नष्ट भएका थिए । करिब २५ लाख बराबरको क्षति भएको थियो ।

 

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्