२०७८ मङ्सिर १५ गते बुधवार

आज देखि सरकारी कार्यालय खुुले तर सेवाग्राही पुुगेनन्



३१ असोज, घोराही – दसैँमा बन्द भएका सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थाहरु आज देखी खुलेका छन् । सरकारी कार्यालयहरु आज देखी खुले पनि सबै कर्मचारीहरु भने आई पुुगेका छैनन् भने सेवाग्राही पनि खासै छैनन् ।

कोजाग्रत पूर्णिमाका दिनसम्म दशैंको टीका लगाउने प्रचलन रहेका कारण पनि सेवाग्राहीहरु कार्यालय पुुग्दैन् । जिल्ला बाहिर घर भएका कर्मचारीहरु कार्यालय आउन केही ढिलाई हुने गरेको देखिन्छ ।

सरकारी तथा गैरसरकारी कार्यालय कार्यालयहरु खुले सँगै दशै मनाउन घर गएकाहरु कर्मथलो फर्कन थालेका छन् । गाउँबाट शहर फर्कने बढे सँगै सार्वजनिक सवारीका साधनहरुमा यात्रुहरुको चाप बढेको छ ।

दसैँअघि सम्म घर जानेहरुको भिड थियो भने अहिले कर्मथलो फर्कनेहरुको उस्तै भिड रहेको छ । यसैविच दसैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ ।।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्