२०७८ मङ्सिर १५ गते बुधवार

दशैकोे बिदाको प्रभाव, दाङमा पेट्रोलको अभाब



३१ असोज,घोराही –
दशैको लामो बिदा कारण तेल आयात नहुदा दाङमा पेट्रोलको अभाब भएको छ । फूलपाती यता एक पटक पेट्रोल आए पनि खपट बढी हुदा घोराही र तुुलसीपुरमा पेट्रोलको अभाब भएको हो ।

दशै बिदा सँगै बैंकहरु बन्द भएका कारण पम्पहरुलाई रकम दाखिला गर्न समस्या भएकाले पेट्रोलको अभाब भएको पम्प सञ्चालकहरुको भनाई छ । बैंक मार्फत रकम दाखिला गरेको भौचर उपलब्ध गराएपछि मात्रै आयल निगमले तेल पठाउने गरेको छ ।

दशै बिदाका कारण चालकहरु घर गएकाले ढुवानीमा पनि समस्या भएका कारण केही अभाब देखिए पनि पम्प नै बन्द हुने अबस्था नरहेको नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुुलसीपुरले जनाएको छ ।

पम्प सञ्चालकहरुले भने तेल नै सकिए पछि बन्द गरेको बताएका छन् । आज बेलुुका सम्म घोराही र तुुलसीपुरका लागि ६० हजार लिटर पेट्रोल आउन लागेको डिपो कार्यालय प्रमुख विपिनकुुमार श्रेष्ठले जानकारी दिनुुभएको छ ।।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्