२०७८ मङ्सिर १५ गते बुधवार

दाङमा आज १५ जनामा कोरोना पुष्टि, ३३ जना निको



३१ असोज,घोराही –
दाङमा आईतबार आज थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७० जनाको पिसिआर परिक्षण गर्दा ८ जना महिला र ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित हुनमा घोराहीका ७ जना, तुलसीपुर र राप्तीका ३/३ जना, गढवा र लमहीका एक÷एक जना रहेकोे जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज ३३ जना कोरोना मुक्त भएका छन् ।

कोरोना मुक्त हुनेमा घोराहीका १२ जना, तुलसीपुरका ७ जना, लमहीका ६ जना, राप्ती र गढवाका ४/४ जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ४४ जना रहेको छ । ति मध्य ३७ जना घरमा, ५ जना आईसीयूमा र २ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्