२०७८ मङ्सिर १५ गते बुधवार

दशैँ मनाउन घर गएका कर्म थलो फर्कन थाले



३१ असोज,घोराही  –
दशैँ मनाउन घरमा पुुगेकाहरु कर्म थलो फर्कन थालेका छन् । आज देखी सरकारी कार्यालयहरु खुुलेपछि कर्मचारी र अन्य कार्यालयहरुमा काम गर्नेहरु दशैंको टिका लगाएर कर्मथलो फर्कन थालेका हुन् ।

केही दिन सुनसान बनेका शहर बजारमा फेरी चहल पहल बढ्न थालेको छ भने कर्मथलो फर्कनेहरुको सार्वजनिक सवारीका साधनमा भिडभाड छ ।

पूर्णिमाको अर्को दिन देखि विद्यालय र क्याम्पस खुल्ने भएकाले विद्यार्थीलाई भने घर छोड्न त्यति हतारो देखिएको छैन । यसैविच आज टीकाको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ ।

टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्