२०७८ मङ्सिर १५ गते बुधवार

कैलालीमा एक पुरुषको हत्या, श्रीमतीसहित ४ जना पक्राउ



३१ असोज, कैलाली- कैलालीमा एक २५ वर्षीय पुरुषको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का रमेश चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको घटना अनुसन्धानका लागि रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ ।

चौधरीको शव घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा मृत अवस्थामा शनिबार बिहान फेला परेको थियो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका हुन् ।

घाँटी थिचेर चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनको श्रीमती अमृता चौधरीसहित चार जनालाई पक्राउ गरेको छ । मृतक चौधरीका तीन वर्षीय छोरा छन् ।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्