२०७८ भाद्र ३१ गते बिहिवार

असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव



२९ भदौ, घोराही –
यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असोज ८–९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेका अनुसर दशैंमा उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ । यस्तै दशैंमा सार्वजनिक सवारीमा हुने भिडभाडको मौका छोपी बढी भाडा लिएर ठगी हुने गरेकोले त्यसलाई रोक्न र सहजसँग घर जाने वातावरण बनाउन अग्रिम बुकिङ खुलाउने गरिएको उहाँको भनाई छ ।

यो वर्ष वैज्ञानिक भाडादर समायोजन भएकाले बुकिङका लागि व्यवसायीले कुनै शर्त नतेस्र्याउने अपेक्षा सरकारले गरेको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्